युभेन्टस छोड्ने मनसायमा रोनाल्डो, पीएसजीबाट आयो प्रस्ताव

एजेन्सी, १२ चैत । पोर्चुगलका स्टार क्रिस्टिायानो रोनाल्डोले इटालियन क्लब यभुेन्टस छोड्न चाहेको बताइएको छ ।

‘डायरियो गोल’का अनुसार रोनाल्डोले युभेन्टस छोड्ने मनसाय व्यक्त गरेका छन् । रियल मड्रिडबाट इटाली आएर मात्र २ सिजन सिरी ‘ए’ खेलेका रोनाल्डोले युभेन्टसको बसाइ यही समाप्त गर्न चाहेको डायरियो गोलको दाबी छ ।

उनी सन् २०१८ मा ला लिगा क्लब रियल मड्रिडबाट इटाली आएका थिए ।

इटाली आएको २ वर्षपछि नै ३५ वर्षीय रोनाल्डोले टुरिन छोड्ने मनसाय बनाएको बताइएको छ ।

पाँच पटकका बालोन डी‘ओर विजेता रोनाल्डोलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अनुबन्धका लागि प्रस्ताव राखेको बताइएको छ ।

यद्यपि, उनी पूर्वक्लब म्यानचेस्टर युनाइटेडको नजरमा पनि परेका छन् । तर, युनाइटेडलाई उछिन्दै पीएसजीले रोनाल्डोलाई प्रस्ताव गरेको खबरमा जनाइएको छ ।

खबरका अनुसार पीएसजीले आफ्ना स्टारद्वय नेयमार र एम्बाप्पेको विकल्पको रूपमा हेरेको छ ।

नेयमार पूर्वक्लब बार्सिलोना जाने चर्चामा छन् भने एम्बाप्पे रियल मड्रिडसँग जोडिएका छन् ।

Loading...