कोरानाका शंकास्पद व्यक्त्ति देखापरे तुरुन्त ०२१ –४७०५०० मा फोन गर्नुहोस

विराटनगर , १२ चैत । कोरोनो संक्रमणको शंकास्पद बिरामी फेला परेमा तुरुन्त खबर गर्न एक नम्बर प्रदेश सरकारले अनुरोध गरेको छ ।

विश्वमहामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथामकालागि शंकास्पद व्यक्त्ति फेला परेमा प्रदेश सरकारको सूचना डेस्कको फोन नम्बर ०२१, ४७०५०० मा तुरुन्त खवर गर्न प्रदेशवासीमा अनुरोध गरेको हो ।

एक नम्बर प्रदेश सरकारका प्रबक्त्ता तथा सूचना तथा सञ्चारमन्त्री हिक्मतकुमार कार्कीका अनुसार शंकास्पद व्यक्त्तिको बारेमा प्रदेशभरि जहाँकहीबाट सूचना प्राप्त भएपनि हेल्पडेस्क मार्फत प्रदेश सरकारले तुरुन्त शकास्पद व्यक्त्तिको उद्धार गर्नेछ ।

शंकास्पद व्यक्त्तिहरुलाई स्थानिय क्वारेन्टाइनमा राखेर कोरोनाको लक्षण निगरानी गरिनेछ । शंकास्पद लक्षणहरु देखापरेमा उनिहरुलाई अलग्गै क्वारेन्टाइन अस्पतालमा राखेर उपचार गरिनेछ ।

Loading...