‘आमा’ अब डिस होममा हेर्न पाइने

विराटनगर, १२ चैत । नेपाली फिल्म ‘आमा’ अब डिस होममा हेर्न पाइने भएको छ ।

यही शुक्रबारबाट फिल्म ‘आमा’ डिस होममा हेर्न पाइने भएको हो ।

एक महिना फिल्म ‘आमा’ डिस होममा हेर्न पाइने छ ।

डिस होमका प्रयोगकर्ताले सिनेमा घर च्यानल ८८८ मा दिनको चार सो हेर्ने व्यवस्था मिलाउन लागिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिएका छन् ।

हलमा गएर हेर्न नपाएका दर्शकबाट डिस होममा चलचित्र हेर्ने व्यवस्था मिलाइ दिन आग्रह आएपछि निर्देशक दीपेन्द्रले दर्शकको आग्रहलाई मनन् गर्दै घर बसेर समय कटाउन सजिलो होस् भनेर फिल्म ‘आमा’ डिस होममा हेर्न पाउने व्यवस्था मिलाएको बताएका छन् ।

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन तयार भएको फिल्म ‘आमा’मा सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी र मनिष निरौलाको मुख्य भूमिका रहेको छ ।

शिवरात्रिको अवसर पारेर ९ फागुनमा प्रदर्शनमा आएको ‘आमा’ चौथो हप्तामा हलमा रिलिज भइरहेका बेला कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भन्दै सरकारले सिनेमा हल बन्द गरेको थियो ।

Loading...