लकडाउनका कारण सुनसान विराटनगर

विराटनगर, १२ चैत । लकडाउनको दोस्रो दिन विराटनगरको अवस्था पनि समान्य रहेको पाइएको छ । बजारमा मानिसको चहलपहल छैन, सडकमा कुनै पनि सवारी साधनको आवतजावत छैन ।

सडकमा प्रहरीको तैनाथी छ । दूधको गाडी र सञ्चारकर्मीको सवारी साधन फाटफुट चलेको पाइयो ।

बजार सुनसान छ भने अति आवश्यक औषधि पसल भने खुला छन् ।

विराटनगरको गुद्रीमा सामान्य अवस्थामा देखिने भीड लकडाउनपछि सुनसान छ ।

विराटनगरका ठूला डिपार्टमेन्ट स्टोर, भाटभटेनी, आरके सेन्टर र सिटीमलदेखि स–साना पसल पनि बन्द छन् ।

मानिसले कोरोना नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन तीव्र रुपमा नियम पालना गरिरहेको पाइएको छ ।

Loading...