एक नम्बर प्रदेशसभाका सांसदले आधा महिनाको तलब कोरोना रोकथाम कोषमा दिने

विराटनगर, १२ चैत । एक नम्बर प्रदेशका सांसदहरूले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा आधा महिनाको तलब प्रदान गर्ने भएका छन् ।

photo

एक सत्ताधारी दलका ६७ र प्रतिपक्षी दलका २१ सांसदले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा आधा महिनाको तबल प्रदान गर्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले कोरोना भाइरस रोकथामका लागि कोष स्थापना गरेको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एक नम्बर प्रदेश कोरोना जनसुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय गरेको हो ।

सो कोषमा प्रदेश सरकारले १० करोड रकम जम्मा गरेको छ ।

कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरूले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

यस्ते उक्त कोषमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले एक महिनाको पारिश्रमिक दिएका छन् ।

Loading...