दक्षिण कोरियाले यसरी गर्‍यो कोरोनाको सामना

विराटनगर, १२ चैत । चीनको वुहानबाट फैलोएको कोरोना भाइरस विश्वभरि फैलिरहेको बेलामा दक्षिण कोरियाले बुद्धिमत्तापूर्ण उपाय अपनाएर कोरोना भाइरसविरुद्धको लडाइँमा जित हासिल गर्दै आएको छ ।

हालसम्म दक्षिण कोरियामा ९ हजार १ सय ३७ वटा संक्रमण भेटिएका छन् भने ३५ सयभन्दा बढी मानिस ठीक भइसकेका छन् । १ सय २६ जनाको मृत्यु भएको छ भने जम्मा ५९ जना गम्भीर बिरामी छन् ।

दक्षिण कोरियाका मानिसमा संक्रमण हुँदा पनि त्यहाँ लकडाउन तथा अन्य कठोर उपाय अपनाइएन । विशेषज्ञहरूले संक्रमणबाट बच्नका लागि मानिसहरूलाई हात चलाउने तरिका सिकाएको थियो । यो एक नयाँ तरिका थियो ।

दाहिने हात प्रयोग गर्ने मानिसलाई मोबाइल चलाउँदा, ढोकाको ह्यान्डल समात्दा र अन्य सानाठूला काम गर्दा देब्रे हात प्रयोग गर्न र देब्रे हातको प्रयोग गर्नेहरूलाई दाहिने हात प्रयोग गर्न सल्लाह दिइयो ।

जुन हातको प्रयोग दैनिक काममा गरिन्छ, त्यही हात अनुहारमा पुग्छ । त्यसैले उल्टो हात प्रयोग गर्दा संक्रमणको खतरा निकै घटेको देखियो । साथै, दक्षिण कोरियाका परराष्ट्रमन्त्री काङ युङ वाले छिटो परीक्षण र राम्रो उपचार गरेका कारण कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या कम भएको जानकारी दिएका छन् । त्यहाँ ६०० भन्दा बढी परीक्षण केन्द्र खोलेको र ५० भन्दा बढी ड्राइभिङ स्टेसनमा स्क्रीनिङ गरेको बताए ।

मानिसहरूको तापक्रम र गलामा भएको समस्या जाँच्न जम्मा १० मिनेट र कोरोना परिक्षणको रिपोर्ट एक घन्टाभित्र आउने व्यवस्था मिलाएको जानकारी पनि उनले दिए । देशभरि संक्रमण जाँच्नका लागि ठूला भवन, होटल, पार्किङ लट र सार्वजनिक स्थानहरूमा थर्मल इमेजिङ क्यामरा लगाइएको कारणले ज्वरो आएको मानिसको तत्काल पहिचान गर्न यसबाट सहज भयो ।

Loading...