बालबालिकाका लागि लकडाउनलाई सदुपयोगमा ल्याउनुहोस्

विराटनगर, १२ चैत । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमका कारण नेपाललाई ‘लकडाउन’ गरिएको छ ।

यस्तो अवस्थामा अतिआवश्यक कामबाहेक घरबाहिर निस्कन रोक लगाइएको छ ।

हालका लागि कम्तिमा एक हप्तासम्म लागू हुने भनिएको उक्त लकडाउनका कारण विद्यालय, कलकाराखाना, कार्यलय सबै बन्द भएको कारण घरमा बस्दा अल्छि लाग्ने तथा मानसिक तनाव हुन सक्छ ।

कोठमा आफ्नो परिवारसँग बस्नुपर्ने यो बाध्यतालाई सुनौलो अवसरको रूपमा प्रयोग गर्न सकिन्छ ।

हामी हाम्रा बच्चाहरुका लागि यो समयको राम्ररी सदुपयोग गर्नसकिन्छ ।

सेल्फ क्वारेन्टाइनको लागि दिइएको विदालाई सदुपयोग गरी कोरोनाबाट बच्नुका साथै बच्चाप्रतिको वास्तविक जिम्मेवारीलाई निभाएर असल अभिभावक पनि बन्न सकिन्छ ।

१. प्लान बनाउनुहोस्ः विदाको समयमा घर बसेर बच्चाहरुलाई अल्छी नबनाइकन उनीहरूको दैनिकीलाई एउटा रुटिन बनाएर उनीहरूलाई सृजनात्मक काममा लगाउनुहोस् ।

दैनिक राति एउटा प्लान बनाइ अर्को दिन त्यो प्लानअनुसार बच्चालाई विभिन्न काम गर्न लगाउनुहोस् ।

२. दैनिक गर्ने काम र घरेलु शैक्षिक अभ्यास गराउनुहोस्ः बच्चाको शैक्षिक संस्था अहिले बन्द भएको छ ।

सामान्य दिनहरूमा गर्ने घरको कामहरू सिकाउँदा समय सदुपयोग हुनुका साथै अर्कोपटकबाट घरको काममा सहयोग गर्ने हातहरू थपिनसक्छ ।

साथै अनिश्चितकालीन विदामा बच्चाको पढ्ने लेख्ने बानीलाई कायम राख्न घरमा नै अभ्यासहरु गराउनु पर्छ ।

किताबी ज्ञानबाहेक बच्चालाई नयाँ प्रविधि सिकाएर प्रविधिसँग अभ्यस्त बनाउनुहोस् । यसले मनोरन्जनका साथै शिक्षा पनि प्राप्त गर्न सकिन्छ ।

युट्युब तथा विभिन्न एप्सबाट पोडकास्टबाट कथा, लोककथा, चर्चित व्यक्तिहरूको अडियो, खेल र अन्य धेरै जानकारी सिकाउन सकिन्छ ।

पुस्तकहरूका साथै बच्चालाई इनडोर गेम खेलाएर ज्ञान वृद्धि गराउन सकिन्छ ।

३. शारीरिक स्वास्थ्यमा द्यान दिन सिकाउनुहोस्ः आफूसँग विहान योगा, शारीरिक ब्यायाम आदिमा संलग्न गराउनुहोस् । बच्चाहरुलाई गीत गाउन तथा डान्स गर्न सिकाउन सकिन्छ ।

४. कला सिकाउनुहोु्ः युट्युब तथा अन्य एप्सहरू ज्ञानको सागर हो । सबैले यसमा पाइने ज्ञानको सदुपयोग गर्नसक्दैनन् ।

तर, युट्युबहरुमा हुने सामाग्री बनाउने विभिन्न भिडियो बच्चालाई देखाएर त्यसलाई अभ्यास गर्न लगाएर सृजनात्मक काममा लगाउनुहोस् ।

विभिन्न हेण्डीक्राफ्ट बनाउने, कलर गर्ने, जस्ता विभिन्न आईडियाहरू सिकाउन सकिन्छ ।

Loading...