रियलका कप्तान रामोसले कोरोनाविरुद्ध लड्न सहयोग गर्ने

एजेन्सी, १२ चैत । रियल मड्रिडका कप्तान सर्जियो रामोसले कोरोना भाइरसविरुद्ध लड्न सहयोग गर्ने घोषणा गरेका छन् ।

स्पेनिस स्टार रामोसले कोरोनाविरुद्ध लड्नका लागि युनिसेफसँग सहकार्य गर्ने घोषणा गरेका हुन् ।

युनिसेफका एम्बास्डरसमेत रहेका रामोसले सार्वजनिक रूपमा कोरोनाविरुद्ध लड्न सहयोग गर्ने घोषणा गरेका हुन् ।

कप्तान रामोसले अस्पतालमा मेडिकल सामाग्री खरिद गर्ने जनाउँदै आफ्ना सहकर्मीहरूलाई पनि सहयोगका लागि आह्वान गरे ।

‘म युनिसेफको एम्बास्डर भएको नाताले पनि म कोरोनाविरुद्धको लडाइँमा सहयोग गर्नेछु’, उनले एल होर्मिगुइएरोसँगको कुराकानीमा भने, ‘आगामी शुक्रबार युनिसेफको टोली र म मेडिकल सामाग्री लिएर अस्पताल पुग्नेछौं ।’

‘यसमा हामी सबैको योगदान रहनेछ, मेरा क्लबका साथीहहरू पनि युनिसेफसँग सहकार्य गर्नेछन् । हामीले सहयोग गर्नु जरुरी छ ।’

Loading...