नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि

काठमाडौं, १२ चैत । नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुस्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबार नेपालमा कोरोनाको तेस्रो केस फेला परेको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयकाे वेवसाइटमा बुधबार प्रकाशित विवरण।

मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना भएको बताइएको छ।

कोरोना संक्रमण देखिएपछि एक किशोरी टेकुमै उपचाररत छिन् भइरहेको छ ।

एकजना भने पूर्ण स्वस्थ भएर फर्किसकेका छन् ।

हालसम्म नेपालमा कूल ६ सय ८७ जनामाथि कोरोनाको परीक्षण गरिसकिएको छ । तीमध्ये ६ सय ८४ जनाको परीक्षण नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Loading...