इटालीपछि कोरोना संक्रमित मुलुकमा अमेरिका

एजेन्सी, १२ चैत । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अर्थात् कोभिड १९ तिब्र रूपमा फैलिरहेको बेलामा इटालीपछि अमेरिका धेरै संक्रमित भएको देश बन्न पुगेको छ ।

हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचीमा अमेरिका तेस्रो नम्बरमा परेको छ ।

वर्ल्डो मिटरका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या हाल ५४ हजार ८८१ पुगेको छ ।

अमेरिकामा एक दिनमा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने ५८ संक्रमित थपिएका छन् ।

हालसम्म कोरोनाबाट अमेरिकामा ७ सय ८२ जनाको मृत्यु भएको छ ।

संयुक्त राज्य अमेरिका कोरोना भाइरस संक्रमणको नयाँ केन्द्रबिन्दु हुनसक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अनुमान गरेका छन् ।

कोरोना प्रभावितको सूचीको पहिलो नम्बरमा रहेको चीनमा ८१ हजार २ सय ८१ संक्रमित भएको र तीन हजार २ सय ७७ को मृत्यु भएको छ ।

त्यसैगरी दोस्रो नम्बरमा रहेको इटालीमा ६९ हजार १ सय ७६ संक्रमित छन् भने ६ हजार ८ सय २० भन्दा बढीको मृत्यु भइसकेको छ ।

अमेरिकामा मृत्यु हुनेको संख्या कम भएपनि संक्रमणको दर भने तीव्र रहेको छ ।

अमेरिकाको न्यूर्योक शहरमा मात्रै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ भने २५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

Loading...