चीनमा देखिएको हान्ता भाइरस नयाँ होइन, यस्तो छ लक्षण

एजेन्सी, १२ चैत । संसारभरि कोरोना भाइरसको त्रास र यसलाई कसरी नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने चिन्ताबीच हान्ता भाइरसले मानिसहरूको चिन्ता थप बढाएको देखिन्छ ।

ग्लोबल टाइम्समा चीनमा हान्ता भाइरसका कारण २३ मार्चमा एक व्यक्तिको मृत्यु भएको खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा हान्ता भाइरसको विषय सबैको चिन्ता र चासोको विषय बन्न सफल भयो ।

विज्ञहरूले हान्ता भाइरस कुनै नयाँ भाइरस नभएको र एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने बताएका छन् ।

हान्ता भाइरस पहिलो पटक सन् १९५० को दशकमा कोरियामा अमेरिकी कोरियाली युद्धमा देखा परेको थियो (हान्तान नदी) ।

हान्ता भाइरस मुसाबाट फैलन्छ ।

मुसाको शरीरमा रहेको तरल पदार्थलाई मानिसहरूले खाएमा वा मुसाको मल, मूत्र वा र्‍याल छोएपछि हातले अनुहारलाई छुँदा भने संक्रमित हुने आशंका बढ्ने “स्विडेनी वैज्ञानिक डा. सुमैया शेखले ट्वीट गरिन् ।

सीडीसीका अनुसार हान्ता भाइरस पनि भाइरस परिवारमध्ये एक हो ।

हान्ता भाइरस निकै कम मात्रामा मात्र फैलिने विश्वास गरिए पनि हान्ता भाइरसमा ३८ प्रतिशत मृत्युदर हुन्छ र यो रोगको कुनै निश्चित उपचार, रोकथाम तथा खोप पनि छैन ।

हान्ताको संक्रमण भए नभएको पत्ता लगाउन र्‍याल, मल तथा मूत्रको सम्पर्कमा आएको एकदेखि आठ हप्ताको समय लाग्न सक्छ ।

यदि कोही व्यक्ति हान्ता भाइरसद्वारा संक्रमित छ भने उसलाई कोरोना भाइरससँग मिल्दो जुल्दो ज्वरो, टाउको दुख्ने, जिउ दुख्ने, स्वासप्रस्वासमा गाह्रो हुने, बान्ता हुनेलगायतका समस्या देखिन सक्छ ।

हान्ता संक्रमित व्यक्तिको स्वास्थ्य बिग्रँदा फोक्सोमा पानी भरिन थाल्छ र सास फेर्न समस्या पनि हुनसक्छ ।

मुसाको वरिपरि हुनुहुन्छ र ज्वरोको लक्षणहरू, गहिरो मांसपेशी दुख्ने, र सास फेर्न गाह्रो भएको छ भने, तुरुन्तै आफ्नो डाक्टरलाई भेट्न चेतावनी दिइएको छ ।

Loading...