गायिका कनिका कपूरमा तेस्रो पटक पनि कोरोना पोजिटिभ देखियो

एजेन्सी, १२ चैत । बलिउडकी प्रसिद्ध गायिका कनिका कपूर तेस्रो पटक पनि कोरोना भाइरस पोजिटिभ भएको पुष्टि भएको छ ।

शुक्रबार कोरोना पुष्टि भएको उनलाई लखनउको किंग जर्ज मेडिकल युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको थियो ।

उनको सोमबार दोस्रो पटक टेस्ट गर्दा पुनः पोजिटिभ आएको थियो ।

अहिले उनलाई लखनउको संजय गान्धी पोस्ट ग्राजुएट इन्स्चीट्युत अफ मेडिकल साइन्समा भर्ना गरिएको छ ।

उनी १५ मार्चमा लन्डनबाट लखनउ आएकी थिइन् । विमानस्थलमा उनले आफ्नो ट्राभल हिस्ट्री लुकाइएको बताइएको छ ।

कनिकाले आइतबार लखनउको ग्यालेन्ट अपार्टमेन्टमा एक पार्टी आयोजना गरेकी थिइन् र त्यसमा लखनउका ठूला अधिकारी र अनेकौं नेता थिए ।

त्यसपछि पनि कनिका लखनउको एक विशाल अपार्टमेन्टमा रहँदै आएकी थिइन् ।

उनीसँग सम्पर्कमा आएका २ सय ६० जना व्यक्तिमध्ये ६३ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको थियो भने बाँकीको परीक्षण हुन बाँकी रहेको छ ।

Loading...