लकडाउन उल्लङघन गर्नेलाई पक्राउ गर्दै मोरङ प्रहरी

दुई मानिससहित १३४ सवारी नियन्त्रणमा

विराटनगर, १२ चैत । लकडाउनमा जवरजस्ती सवारी चलाउने दुईजनालाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरीले ११ चैत मंगलबार र १२ चैत बुधबार बिहान १० बजेसम्ममा १०९ मोटरसाइकल, २ कार, सिटी सफारी ४, स्कुटर एउटा र १८ वटा साइकल नियन्त्रणमा लिएकाे छ ।

लकडाउन उल्लङ्घन गरेकाे आराेपमा दुई जना व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रबक्त्ता डिएसपी मानबहादुर राईका अनुसार पहिलो दिन सवारी पास र अत्यावश्क समानहरुका लागि लकडाउनलाई कडाई नगरेपनि आज बुधबारदेखि सुरक्षाकर्मी परिचान गरेर निगरानी सुरु गरिएको बताए ।

कोरोना भाइरसको विश्व माहामारीबाट बच्न सरकारले लकडाउन लागु गरेपनि विराटनगरमा मानिसहरुले कडाईका साथ पालना गरेका छैनन् । लक डाउन अवधीमा पनि घरबाट निस्किरहेका छन् ।

Loading...