मेस्सीले गरे कोरोनाविरुद्ध लड्न बार्सिलोनालाई सहयोग

एजेन्सी, १२ चैत । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्नका लागि आर्थिक सहयोग गरेका छन् ।

अर्जेन्टिनी कप्तान मेस्सीले स्पेनको बार्सिलोना क्षेत्रका लागि एक मिलियन युरो सहयोग गरेका हुन् ।

३२ वर्षीय मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनिक अस्पतालका लागि एक मिलियन युरो सहयोग गरेको स्पेनिस मिडियो मुन्डो डिपोर्टिभोले जनाएको छ ।

मेस्सीले हस्पिटल क्लिनक नामक अस्पताललाई सहयोग गरेका हुन् । उक्त अस्पतालले मेस्सीले सहयक्षग गरेको पुस्टि गरेको छ ।

साथै अस्पतालले मेस्सीको सहयोग रकम कोरोना भाइरसविरुद्वको अभियानमा खर्च हुने सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएको छ ।

Loading...