अब कोरोनाको नयाँ केन्द्रबिन्दु अमेरिका : डब्लुएचओ

काठमाडौं, १२ चैत । संयुक्त राज्य अमेरिका कोरोना भाइरस संक्रमणको नयाँ केन्द्रबिन्दु हुनसक्ने अनुमान विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले गरेको छ ।

हालसम्ममा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ७ सय ८२ को मृत्यु भइसकेको छ भने ५४ हजारभन्दा बढी संक्रमित भएका छन् ।

डब्लुएचओका अनुसार गत २४ घण्टामा आएका नयाँ संक्रमितमध्ये ४० प्रतिशत विरामी अमेरिकामै थपिएका छन् ।

विश्व स्वस्थ्य संगठनका प्रवक्ता मारग्रेड ह्यारिसले समेत अमेरिकामा कोरोना भाइरसबाट भयावह परिस्थिति सृजना हुने सम्भावना उच्च रहेको बताएका छन् ।

यसैबीच न्यूर्योकका गर्भनर यण्डरु कुमोले न्यूर्योक शहरमा कोरोना भाइरस बुलेट रेलकै गतिमा फैलिरहेको बताउँदै थप स्वास्थ्य सामाग्री तथा उपकरण तत्काल आवश्यक परेको बताएका छन् ।

अमेरिकाको न्यूर्योक शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ भने २५ हजार भन्दा बढि संक्रमित भएका छन् ।

Loading...