कोरोनाविरुद्ध लड्न रोनाल्डोले गरे १ मिलियन युरो सहयोग

एजेन्सी, १२ चैत । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आर्थिक सहयोग गरेका छन् ।

इटालियन क्लब युभेन्टसका फरवार्ड रोनाल्डोले आफ्ना एजेन्ट जर्ज मेन्डेससँग मिलेर कोरोनाविरुद्ध लड्नका लागि १ मिलियन युरो सहयोग गरेका हुन् ।

रोनाल्डो र मेन्डेसले पोर्टो र लिस्बनको एक–एक अस्पतालमा सो सहयोग गरेको अन्तर्राष्टिय मिडियाले जनाएका छन् ।

खबरका अनुसार उनीहले कोरोनाका बिरामी उपचारको लागि भेन्टिलेटर र बेड निर्माणका साथै अन्य आवश्यक सामग्री खरिदका सहयोग गरेका हुन् ।

उनीहले लिस्बनको सान्टा मारिया अस्पताल र पोर्टोको सान्टो एन्टोनियो अस्पताललाई सहयोग गरेको बताइएको छ ।

रोनाल्डो र मेन्डेसले कोरोनासँग लड्नका लागि अन्य फुटबलहरूलाई सहयोग गर्न आग्रहसमेत गरेका छन् । ३५ वर्षीय रोनाल्डो हाल आफ्ना परिवारका साथ पोर्चुगलको मडेइरामा छन् ।

Loading...