केन्द्रले पठायो प्रदेशलाई पिपिई सेट तथा मास्क

काठमाडौं, १२ चैत । केन्द्र सरकारले प्रदेशमा स्वास्थ्य सुरक्षा सामग्री पिपिई तथा मास्क पठाएको छ। स्वास्थ्य सेवा विभागका अनुसार गण्डकी प्रदेशबाहेक सबै प्रदेशमा पिपिई सेट तथा मास्क पठाइएको हो। गण्डकी प्रदेशमा पनि ५० वटा पिपिई सेट र ३० हजार मास्क पठाउने तयारी भएको विभागले जनाएको छ।

पिपिई सेट कोरोना भाइरस संक्रमण भएनभएको परीक्षण तथा घाँटीको ¥याल संकलन गर्ने क्रममा स्वास्थ्यकर्मीले लगाउनुपर्छ। पिपिईभित्र स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाउन, हेल्मेट, इमर्जेन्सी आइवास, चस्मा, मास्क, पन्जा, बुटलगायतका सामग्री पर्छन्। कोराना भाइरस संक्रमणका बिरामीको उपचार तथा रेखदेखमा संलग्न डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीले पनि पिपिई प्रयोग गर्नुपर्छ।

प्रदेश सरकारले भने केन्द्र सरकारले पठाएको पिपिई पर्याप्त नभएको गुनासो गरेका छन्। केन्द्र सरकारले स्थानीय तहलाई सोझै पिपिई सेट पठाउने गरेको छैन।

Loading...