इटालीमा एकैदिन ७ सय ४३ को मृत्यु

एजेन्सी । कोरोना भाइरसको संक्रमणको कारण इटालीमा एकैदिन ७ सय ४३ को मृत्यु भएको छ । मंगलबारमात्रै इटलीमा ७ सय ४३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सोमबारको मृतकको संख्या भन्दा यो संख्या १ सय ४१ ले बढी हो ।

मंगलबार अघि सोमबार र आइतबार कोरोना सक्रमणबाट मृत्यु हुनेको संख्या केही कम थियो । तर एक्कासि मंगलबार मृतकको संख्या बढ्न गएको हो ।

कोरोना भाइरसका कारण इटालीमा हालसम्म ६ हजार ८ सय २० जनाको मृत्यु भइसकेको छ ।

Loading...