लक–डाउन अवज्ञा गर्ने ४७ सवारीसाधन नियन्त्रणमा

पाल्पा १२ चैत । सरकारले लकडाउन घोषणा गरेको बेला अनुमतिविना सञ्चालन गरिएका सवारीसाधनलाई पाल्पामा प्रहरीले नियन्त्रणमा लिएको छ । कोरोना भाइरसलाई नियन्त्रण गर्न भन्दै सरकारले एक जिल्लादेखि अर्को जिल्लासम्मको सिमानामा समेत निगरानी गर्न आदेश दिएको छ ।

सरकारले अत्यवाश्यकीय कामभन्दा अन्य प्रयोजनका निम्ति सवारी साधन चलाउन रोक लगाउँदा लगाउँदै अटेरी गर्नेलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको हो । प्रहरीले मंगलवार रामपुरमा ३२ मोटरसाइकल, नौ स्कुटर, दुई ट्रयाक्टर तथा चार ट्रक नियन्त्रणलाई लिएको प्रहरी प्रमुख भीमबहादुर कार्कीले जानकारी दिए।

लकडाउनको समयमा घरमै सुरक्षित रहन अनुरोध गर्दागर्दै अवज्ञा गरी मोटरसाइकल चलाएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । नियन्त्रित मोटरसाइकललाई प्रहरी बिट बेझाड बजारमा राखिएको छ । रासस

Loading...