जहाजमा आएका सबै जनाको पहिचान भयो

काठमाडौं, ११ चैत । कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएकी फ्रान्सबाट आएकी महिला आएको जहाजमा रहेका व्यक्तिहरुको पहिचान भइसकेको सरकारले जनाएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरस पोजेटिभ रहेकी महिला आएको जहाजमा रहेका सबैको पहिचान भएको बताए ।

संक्रमित महिलासँग घरमा रहदा सम्पर्कमा रहने सबैलाई क्वारेन्टाइनमा पठाइसकेको समेत उनले बताए ।

जहाजमा संगै आउने व्यक्तिहरुलाई भने सेल्फ क्वारेन्टाइनमा बस्न सजग गराइएको उनले बताए ।
मंगलबारसम्म सम्म ६ सय १० वटा नमुना परीक्षण भएकोमा २ जनाबाहेक नयाँ अन्यमा संक्रमण नभएको उनले बताए । कोरोना संक्रमण भएको १ जना र आशंका गरिएका अन्य १५ जना सहित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा १६ जना बिरामी रहेको उनले बताए ।

त्यसमध्ये १० जना क्वारेन्टाइनमा छन् । ५ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै सरकारले यसअघि विदेशबाट आएका वा तीनका नजिकका व्यक्तिहरुको मात्र परिक्षण हुने गरेकोमा त्यसको दायरा बढाई संक्रमणको लक्षण मिलेका ६० वर्ष उमेर नाघेका बिरामी, स्वास्थ्यकर्र्मीहरु, दिर्घरोगीहरु र सघन उपचार कक्षमा रहेकामा फ्ल्लुको लक्षण देखिएका बिरामीको समेत नमुना संकलन गरी परिक्षण सुरु गरेको छ ।

त्यस्तै अन्य अस्पतालहरुमा कोरोना संक्रमणसँग मिल्दो लक्षण देखिएका बिरामी आएमा फिभर क्लिनिक सञ्चालन गरी अस्पतालले आइसोलेसनमा राख्नु पर्ने र कोरोना परिक्षणका लागि नमुना पठाउनुपर्ने व्यवस्था गरिएको समेत गरिएको छ ।

बिरामीलाई रिफर नगरीकन नमुना पठाउन मात्र मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयल विदेशबाट आएकाहरु सेल्फ क्वारेन्टाइनमा नबसी आफुखुसी बस्न थालेपछि देशभर लकडाउन गर्नुपरेको समेत बताए ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा अहिलेसम्म रहेका स्वास्थ्य सामग्रीहरुमा पिपिइ सेट ३ सय ५८ वटा, गाउन १ हजार ४ सय ५६, फेस मास्क १ हजार ५ सय ७८, सेनिटाइजर ७७, पंजा १ हजार ५ सय ९३, एन ९५ मास्क २४, चस्मा ४ सय ८०, आइआर थर्मोमिटर ४, सुकभर १ हजार १ सय ६२ र फेस फिल्ड २ सय ३५ वटा छन् ।

Loading...