भारतमा २१ दिन कर्फ्यु

विराटनगर(एजेन्सी) ११ चैत । सरकारले घोषणा गरेको लकडाउनमा लापरबाही भएपछि भारतमा २१ दिनलाई कर्फ्यु लगाइएको छ ।

मंगलबार राति १२ बजेदेखी पुरै भारतमा कर्फ्यु आदेश जारी गरिएको हो । भोलीदेखि कसैले पनि घर बाहिर निस्कन नपाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्देशन दिएका हुन् ।


कर्फ्युको घोषणा गर्दै प्रधानमन्त्री मोदीले कोरोनाको अर्थ ‘कोही रोड पर ननिक्ले’ अर्थात कोही पनि रोडमा ननिस्कनु रहेको बताए ।

Loading...