भारत आज रातीबाट २१ दिनका लागि ‘लकडाउन’

विराटनगर, ११ चैत । कोरोना संक्रमति बढेपछि भारतले मंगलबार रातिबाट लकडाउन घोषणा गरेको छ ।

मंगलबार साझ जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राती १२ बजेबाट देशभर लकडाउन गरिएको बताए । लक डाउन २१ दिन सम्म चल्नेछ ।

लकडाउन कर्फ्यू जस्तै हुने मोदीले बताएका छन् । उनले लकडाउन अवधीभर जनतालाई घरबाट ननिस्किन पनि अपिल गरेका छन् ।

२१ दिन सम्हालिन नसके कैयौ परिवार तवाह हुने बताउँदै मोदीले २१ दिन सबै थोक बिर्सिएर घरमै बस्न अनुरोध गरे ।

काेराेना संक्रमण जाेखिम बढेपछि मंगलबार बिहानबाट नेपालले एकसाताका लागि लक डाउन घाेषण गरेकाे छ ।

Loading...