विराटनगर नाकाबाट नेपाल भित्रिएका ४४ जना टाडीको क्वारेन्टाइनमा

विराटनगर, ११ चैत । भारतबाट विराटनगर नाका हुँदै नेपाल प्रवेश गरेका ४४ जनालाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा पठाएको छ ।

मंगलबार विराटनगर रानी नाकामा अलपत्र परेका ३४ जना र विराटनगर बसपार्कमा अलपत्र परेका १० जनालाई माेरङकाे मिक्लाजुङ गाउँपालिकाकाे टाडीमा निर्माण गरिएकाे क्वारेन्टाइनमा पठाइएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि मंगलबार बिहानबाट सरकारले लकडाउन गरेको छ ।

लकडाउनका क्रममा सरकारले नाकामा कडाई गरेको थियो । तीन दिनको यात्रापछि विराटनगरको सीमावर्ती क्षेत्रमा आएकाहरुलाई मंगलबार क्वारेन्टाइनमा राख्न पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा पठाइएकाहरुमा ४२ पुरुष र २ महिला छन् ।

Loading...