आरके सिटी सेन्टरले दैनिक उपभोग्य सामानहरु ‘हाेम डेलिभरी’ गर्ने

फेसबुकमा अर्डर गर्ने सुविधा

विराटनगर, ११ चैत । कोेरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि विराटनगरमा सञ्चालित आर के सिटी सेन्टरले दैनिक उपभोग्य बस्तु होमडेलिभरी गर्ने भएको छ ।

बजार तथा पसल बन्द भएका कारण आरके सिटी सेन्टरले विराटनगर भरी अति आवश्यक दैनिक उपभोग्य बस्तु तथा खाद्यान्य घरघरमा पूर्याउने भएको हो ।

कोभिड १९ को महामारीले गर्दा सम्पूर्ण देश नै लकडाउनको अवस्थामा ग्राहकका लागि विराटनगर भित्र होम डेलिभरी सुरु गरिएको सिटी सेन्टरका प्रबन्धक राजेश प्रसाइले जानकारी दिए ।

उपभोक्ताहरुले रुपैयाँ दुइ हजारभन्दा माथिको सामान खरिद गर्दा निःशुल्क होम डेलिभरी गर्ने बताउँदै उनले सो भन्दा कमको खरिदमा पचास रुपैयाँ सेवा शुल्क ताएिको बताए ।

उपभोक्ताले आरके सिटी सेन्टरको फेसबुक पेज र फाेनबाट पनि अर्डर गर्न सक्नेछन् ।

Loading...