नर्बेबाट नेपालीको बिन्ती : कोरोनालाई ख्याल नसम्झियौं प्लिज !


अधिकांश विकासको सुचांक हेर्दा नर्वे अघिल्लो पंक्तिमै भेटिन्छ । नर्वेको क्षेत्रफल तीन लाख ८५ हजार वर्गकिलोमिटर छ । ताकी नेपालको एक लाख ४७ हजार वर्गकिलोमिटर छ ।

क्षेत्रफलको आधारमा नेपालभन्दा तीन गुणा बढी ठुलो नर्वेमा ५४ लाख मात्रै मान्छे बस्छन । नर्वे भन्दा तीन गुणा सानो नेपालमा भने तीन करोड मान्छे छन ।

खिलक बुढाथाेकी

अब हेरौं, नर्वेमा आजभन्दा एक महिनाअघि अर्थात फेबुअरी २५ गते ९आज मार्च २४ हो ।० एक जनामा संक्रमण देखिएको थियो । त्यो पनि ओस्लो भन्दा ३५ सय किलोमिटर टाढा ट्रोम्सोमा ।

त्यसको महिना दिनपछि आजसम्म नर्वेको सबै ठाउँमा गरेर २५ सय जनामा संक्रमण देखिएको छ । १० जनाको निधन भैसकेको अवस्था छ ।

विकसित देश अनि थोरै जनसंख्या भएको देशको अवस्था यस्तो छ । नर्वेमा पनि मार्च १३ गतेदेखी सबै बन्द गरिएको छ ।

अब, इटली, स्पेन जस्ता विकसित युरोपीयन देशको पनि त्यस्तो अवस्था छ भने नेपालको के अवस्था हुन्छ ? त्यसैले सरकारले केही गरेन भनेर गुनासो गर्ने होइन, सरकारले हामीलाई बचाउन यत्रो काम गरेको छ भनेर आफनो परिवारसँग बाहेक अरु सोच्ने बेला होइन यो । त्यसैले सरकारले गरेको लक डाउनलाई ख्याल नसम्झियौं । कोरोना रोग आफैं हावामा उडेर लाग्ने होइन, आफनै कारणले लागेर धेरै जनालाई सर्ने रोग हो ।

यसको उपचारको कुरामा नगरौं, सबैभन्दा पहिला रोग लाग्नै नदियौं । त्यसको लागि सचेत नै पहिलो सर्त हो । घरबाट बाहिर ननिसक्यौं, कोही मान्छेको सम्पर्कमा नजाऔं, त्यति गरेमा यो रोग लाग्दैन । ढुक्क भए हुन्छ । फेरि पनि भन्छु, ख्याल नसम्झियौं प्लिज ।
( हाल नर्बेमा बस्दै आएका पत्रकार खिलक बुढाथोकीको फेसबुकबाट )

Loading...