कोरोना भाइरस कुन सतह कति समय जीवित रहन्छ

विराटनगर, ११ चैत । कोरोना भाइरस सङ्क्रमण फैलिइरहेको समयमा भाइरस मानिसको सम्पर्कमा दिनदिनै आउने विभिन्न वस्तुको सतहहरूमा बस्ने देखिएको छ ।

एकपटक खोक्दा मानिसको मुखबाट ३,००० थोपा निस्कने हुँदा मानिसमा हुने श्वासप्रश्वाससम्बन्धी अन्य रोगहरूमा जस्तै कोभिड–१९ पनि सङ्क्रमित मानिसले खोक्दा नाक र मुखबाट निस्कने साना थोपाहरूबाट सर्ने गर्छ ।

यी थोपाहरू अन्य मानिसहरू वा लुगा वा वरपरका सतहरू तथा हावामा रहन सक्छ ।

मानिसले गर्ने दिसामा पनि भाइरस हुनसक्छ र शौचालय गएर राम्रोसँग हात नधुँदा पनि हातबाट अन्य सतहमा सर्न सक्छ ।

सीडीसी, विश्व स्वास्थ्य सङ्गठन र अन्य स्वास्थ्य संस्थाहरूले कोरोना भाइरस सर्न हात र छोइरहने स्थानका सतहहरू दैनिक सफा गर्न आवश्यक भएको बताउँदै आएका छन् ।

कोरोना भाइरसमाथि गरिएका विभिन्न अध्ययनहरूले भाइरसहरू धातु, ग्लास र प्लास्टिकमा नौ दिनसम्म बाँच्न सक्ने देखिएको छ ।

न्यू इङ्गल्यान्ड जर्नल अफ मेडीसीनमा प्रकाशित यूएस न्याश्नल इन्स्टीट्यूट अफ हेल्थले विभिन्न खाले सतहमा सार्सकोभ २ कति बाँच्न सक्छ भन्ने अध्ययन निष्कर्षमा भाइरस हावामा तीन घण्टासम्म, कागजमा २४ घण्टासम्म, प्लास्टिक र स्टीलको सतहमा २–३ दिनसम्म तथा तामाको सतहमा चार घण्टा जीवित रहने देखाएको छ ।

जाडो स्थानमा कुनै भाइरसहरू २८ दिनसम्म रहन सक्ने र बढी तापक्रम र आर्द्रता भएको स्थानमा कोरोना भाइरस बाँच्न सक्ने पनि धेरै दिन बाँच्न नसक्ने पनि बताइएको छ ।

कोरोना भाइरस लुगामा कति समय जीवित रहन्छ भन्ने कुरा स्पष्ट भएको छैन ।

कोरोनाभाइरसहरू अन्य भाइरसभन्दा धेरै बाँच्न सक्ने हुँदा अध्ययनकर्ताहरू थप अध्ययन गरिरहेका छन् ।

Loading...