पानीमा डुबेर २ बर्षीय बालक सहित २ जनाको मृत्यु

बिराटनगर, ११ चैत । सुनसरी र मोरङमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका ३ का कृपानन्द मेहताको २ बर्षीय छोरा शिवराज मेहताको आफ्नै घर अगाडीको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ ।
यसैगरि मंगलबार दिउँसो मोरङको बेलवारी नगरपालिका २ का २२ बर्षीय मित्र याक्खा लोहन्द्रा खोलामा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Loading...