सुँघ्ने र स्वाद लिने क्षमतामा कमीलाई पनि कोरोनाको लक्षण मान्न सकिने

विराटनगर, ११ चैत । संसारभरका साइटहरूबाट प्रमाणहरू संकलन हुँदै गर्दा एनोसमिया र डिस्जियसिया कोरोना भाइरस महामारीको महत्त्वपूर्ण लक्षणहरू देखिएका छन् ।

अरु कुनै लक्षणहरू नदेखिए पनि कोरोना भाइरसको सकारात्मक परीक्षण देखा परेको बिरामीहरूमा विशेष गरी एनोसमिया देखिएको हो ।

अमेरिकी एकेडेमी अफ ओटोलेयरेन्गोलोजी हेड एन्ड नेक सर्जरीका अनुसार अमेरिकी डाक्टरहरूले सुँघ्ने क्षमता (एनोसमिया) र स्वाद लिने क्षमतामा कमी आउनु (डिस्जियसिया)लाई पनि कोरोना भाइरसको लक्षण मान्नुपर्ने बताउँदै यी लक्षणलाई पनि समावेश गर्न माग गरेका हुन् ।

इएनटी युके (नाक, कान, घाँटीका चिकित्सकहरूको बेलायतस्थित व्यवसायिक संस्था) ले पनि एमोस्मियालाई नोबेले कोरोना भाइरसको लक्षण मान्नुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

सुँघ्ने क्षमतामा कमी वा एनोस्मिया स्वासप्रश्वासको समस्यासँग जोडिएको चिकित्सकहरूले लामो समयदेखि बताउँदै पनि आएका छन् । इएनटी युकेले जारी गरेको विज्ञप्तिमा जर्मनीमा संक्रमित ३ मध्ये २ जनामा एमोस्मिया देखिएको खबर उल्लेख गरिएको छ ।

Loading...