‘लकडाउन’मा नलिऔं तनाव, गरौं यस्ता काम

विराटनगर, ११ चैत । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमका कारण नेपाललाई ‘लकडाउन’ गरिएको छ ।

यस्तो अवस्थामा अतिआवश्यक काम बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ ।

‘लकडाउन’का समयमा घरमा बस्दा अल्छि लाग्ने तथा मानसिक तनाव हुन सक्छ ।

यस्तो अवस्थामा कसरी बस्ने ? केही टिप्स यहाँ उल्लेख गरिएका छन् ।

  • आफ्नो कोठालाई नयाँ तरिकाले सजाउनुहोस् ।
  • निन्द्रा पुग्ने गरी सुत्नुहोस् ।
  • घरको काम गर्न सिक्नुहोस् ।
  • आफूलाई मनपरेको गीतसंगीत सुन्ने, फिल्म हेर्ने, मोबाइलमा गेम खल्ने तथा किताब पढ्ने गर्नुहोस् ।
  • पेन्टिङ, सिलाइ, कटाइ तथा सृजनात्मक काममा मन लगाउनुहोस् ।
  • व्यायाम गर्नुहोस् ।
  • मन र मस्तिष्कलाई शान्त राख्न योग तथा ध्यान बस्नुहोस् ।
  • मीठो–मीठो पकाउन सिक्नुहोस् । स्वास्थ्य खाना र प्रशस्त पानी पिउनु होस् ।
  • आफ्नो शरीरलाई ध्यानमा राखी केही तौल घटाउनुहोस् ।
  • साथीहरूसँग सामाजिक सञ्जाल तथा फोनमार्फत कुरा गर्नुहोस् ।
  • घरको आँगन वा गमलामा फुल रोप्नुहोस् ।
  • अहिले इन्टरनेटको पहुँचमा धेरै मानिसहरू रहेको हुँदा त्यहाँ बाट नयाँ–नयाँ कुराहरू सिक्नुहोस् ।
Loading...