प्रदेश १ मा कोरोना रोकथाम कोष, मन्त्री र राज्यमन्त्रीले एक महिनाको तलब दिने

प्रदेश सरकारबाट १० करोड जम्मा

विराटनगर, ११ चैत । कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणकालागि प्रदेश सरकारले काेराेना भाइरस राेकथामका लागि कोष स्थापना गरेकाे छ ।

मंगलबार बसेको  मन्त्रिपरिषद् बैठकले प्रदेश नं १ कोरोना जनसुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको हो । सो कोषमा प्रदेश सरकारले १० करोड रकम जम्मा गरेको छ ।  

कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेक्स स्थापना गर्ने निर्णय गरेको छ ।

Loading...