महानगरले २० शैय्याको क्वारेन्टाइन तयार गर्दै

रंगेली, ११ चैत । विराटनगर महानगरपालिकाले कोरोना भाइरस आशंका गरिएका व्यक्तिलाई राख्नका लागि २० शैय्याको क्वारेन्टाइन निर्माण गर्ने भएको छ ।

महानगरले विराटनगर–१९ मा कोरोना भाइरस आशंका गरिएका व्यक्तिलाई राख्नका लागि क्वारेन्टाइन निर्माण सुरु गरेको हो ।

महानगरले १९ वडामा रहेको बर्थिङ सेन्टरलाई क्वारेन्टाइन बनाउन लागेको जनाएको छ ।

प्रयोगविहीन अवस्थामा रहेको बर्थिङ सेन्टरलाई आशंकित व्यक्ती राख्नका लागि क्वारेन्टाइन बनाउन लागिएको मेयर भीम पराजुलीले बताए ।

आपतकालीन अवस्थामा कोरोना भाइरस आशंका गरिएका व्यक्तिलाई राख्नका लागि क्वारेन्टाइन निर्माण गर्न लागिएको मेयर पराजुलीले जानकारी दिए ।

Loading...