एक नम्बर प्रदेश प्रमुखले एक महिनाको पारिश्रमिक कोरोना उपचार कोषलाई दिने

रंगेली, ११ चैत्र । कोरोना भाइरसको संक्रमण फैलिन नदिन र नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको कोषलाई एक नम्बर प्रदेश प्रमुख सोमनाथ अधिकारीले एक महिनाको पारिश्रमिक दिने भएका छन् ।

नेपाल सरकारले ‘‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” स्थापना गरेको हो । साे काेषमा अधिकारीले एक महिनाकाे पारिश्रमिक दिने भएका हुन् ।

रोकथाम, नियन्त्रण तथा उपचार र सर्तकताका लागि आम नेपाली जनताले सरकालाई साथ र सहयोग गर्नुपर्ने उनले बताएका छन् ।

एकजुट भइ लड्नुपर्ने अवस्था भएकाले आफूसँगै अरुलाई पनि बचाउँन विज्ञप्ति जारी गर्दै सबैलाई अनुरोध गरेका छन् ।

यसैबीच प्रदेश प्रमुखकाे सचिवालय सदस्यहरूले पनि १५ दिनकाे पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” लाइ दिने भएका छन् ।

सचिवालयका सबै सदस्यले १५ दिनकाे पारिश्रमिक हस्तान्त्रण गर्ने निर्णय भएकाे प्रदेश प्रमुख अधिकारीकाे निजी सचिवालय सदस्य प्रतिक ढकालले बताए ।

Loading...