मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु

ओखलढुङगा, ११ चैत्र । ओखलढुङगा मानेभञ्ज्याङ–५ की २५ वर्षीया पवित्रा राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

मंगलबार बिहान मानेभञ्ज्याङ जेरुङ गाउँमा ट्याक्टर र मोटरसाईकल एक आपसमा ठोक्किँदा राईको मृत्यु भएको हो ।

हर्कपुरबाट मानेभञ्ज्याङतर्फ आउँदै गरेको ना६त ७३६० नम्बरको ट्याक्टर र विपरीत दिशाबाट आएको बा६३प ९३५५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मोटरसाइकल चालक सोही स्थानका २४ वर्षीय सुजन राई र मोटरसाइकल पछाडी सवार रहेका १९ वर्षीय सनम राई दुवै घाइतेको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

पवित्रा पनि मोटरसाइकल पछाडि सवार थिइन् ।

ट्र्याक्टर र चालक नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।

Loading...