नाकामा राेकिएका नेपाली भुजिया-चिउराको भरमा

विराटनगर, ११ चैत । विराटनगरका ब्रम्हदेव साह सीमावर्ती क्षेत्रमा जोगवनीमा नेपाल छिर्ने आशमा बसिररहेका छन् । कटिहारबाट सिटी सफारीमा सीमावर्ती क्षेत्र आएका उनलाई स्थानीय प्रशासनले सीमा मै रोक्यो ।

उनी मात्र होइन मंगलबार बिहान झिसमिसेमै रानी आइपुगेका अन्य २५ जनालाई पनि स्थानीय प्रशासनले नेपाल आउन दिएन । नेपाल प्रवेश गर्न नपाएका उनीहरू बोर्डमा बसिरहेका छन् ।

खानासमेत खान नपाएका उनीहरूलाई विराटनगर महानगरपालिकाको टोलीले भुजिया र चिउरा दिएको छ । दिनभर खाना खान नपाएका उनीहरू चिउरा चपाउँदै नेपाल प्रवेशको अपेक्षा गरिरहेका छन् ।

मंगलबार बिहान झिसमिसेमै गुजरातबाट १९ जनाको टोली रानी आइपुगेकाे थियाे । तर तीन दिनको यात्रापछि बोर्डर आएका उनीहरूलाई स्थानीय प्रशासनले रोकेको छ ।

‘बिहानबाट २७ जना नाकामा छन् । उनीहरूलाई प्रवेश गर्न दिएका छैनौं,’ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा भन्छन्, ‘माथि आदेश आएपछि केही हुनसक्छ ।’

सोमबार सीमार्ती क्षेत्र रानीबाट ४६ जना नेपाल भित्रिएका थिए ।

Loading...