Rumpum Advertisement

कोरोना भाइरसको विश्वव्यापी महामारी बढ्न सक्ने डब्लुएचओको चेतावनी

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना भाइरसको विश्वव्यापी महामारी बढ्न सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी, ११ चैत । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको विश्वव्यापी महामारी बढ्न सक्ने चेतावनी दिएको छ ।

विश्वभर अहिलेसम्म तीन लाख ८२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भइसकेको छ ।

चीनको वुहानमा गत डिसेम्बरमा पहिलो पटक कोरोना भाइरसको संक्रमण पुष्टि भएको ६७ दिनपछि संक्रमितको संख्या एक लाख पुगेको थियो ।

तर, त्यसको ११ दिनपछि थप एक लाख जनामा र त्यसको मात्रै चार दिनपछि संक्रमितको संख्या तीन लाखभन्दा बढी पुगेको छ ।

यही तथ्यांकलाई हेरेर कोरोना भाइरस थप बढ्न सक्ने आशंका गरिएको हो ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हनोम गेब्रियसुसले संक्रमणको गति कम हुन सक्ने सम्भावना समेत रहेको बताएका छन् ।

उनले विश्वभरका सरकारहरूलाई कोरोना भाइरस परीक्षणलाई सघन बनाउन तथा संक्रमित भएकाहरूलाई पहिचान गर्ने प्रणाली प्रभावकारी बनाउन सुझाव दिएका छन् ।

डा. टेड्रोसले कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न मानिसहरूलाई घरमै बस्न तथा शारीरिक दूरी कायम गर्न आग्रह गरेका छन् ।

आशंका गरिएका हरेकको परीक्षण, आइसोलेसन तथा संक्रमितको स्याहार र सम्पर्कमा आएकाहरूलाई क्वारेन्टाइनमा राख्नु पर्ने उनले बताएका छन् ।