टर स्टेगनले गरे बार्सिलोनाको प्रस्ताव अस्वीकार

एजेन्सी, ११ चैत । बार्सिलोनाका गोलरक्षक मार्क–आन्द्रे टर स्टेगनले क्लबको प्रस्ताव अस्वीकार गरेका छन् ।

बार्सिलोनाले प्रतिसिजन ६.५ मिलियन युरो दिनगरी बनाएको प्रस्ताव टर स्टेगनले अस्वीकार गरेको ‘स्पोर्ट्स’ले जनाएको छ ।

जर्मन गोलरक्षक टर स्टेगन र बार्सिलोनाबीचको सम्झौता ३० जुन २०२२ मा सकिँदैछ ।

तर, टर स्टेगन र बार्सीलोनाबीच सम्झौता नवीकरण भएको छैन ।

यद्यपि, यी दुईबीच सम्झौता नवीकरण गर्ने विषयमा छलफल चलिरहेको छ ।

बार्सिलोनाले गोलरक्षक टर स्टेगनसँग सम्झौता नवीकरणका लागि चार पटक भेट गरिसकेको छ ।

जसमा, बार्साले प्रतिसिजन ६.५ मिलियन युरोको प्रस्ताव राखेको थियो ।

तर, उनले बार्साको प्रस्ताव अस्वीकार गरेका छन् ।

खबरका अनुसार टर स्टेगनले कप्तान लियोनल मेस्सीपछिको दोस्रो सबैभन्दा धेरै तलब लिनेगरी बार्सासँग प्रस्ताव राखेका छन् ।

उनले वार्षिक १५ मिलियन युरो लिनेगरी सम्झौता बनाएका खबरमा जनाइएको छ ।

यता, बार्सिलोनाले भने माग पूरा गर्न नसकिने जनाउँदै उनको सम्झौता अस्वीकार गरेको थियो ।

Loading...