कृषकहरूमा लकडाउनको असर सामान्य

रंगेली, ११ चैत्र । विश्वमा महामारीको रूपमा फैलिरहेको कारोना भाइरस संक्रमण रोक्न नेपाल सरकारले लागू गरेको एक हप्ते लकडाउनको असर ग्रामिण क्षेत्रका कृषहरूमा सामान्य छ । लागि लकडाउन गरेको छ ।

मंगलबारदेखि लागू भएको लकडाउनले गर्दा ठूला सना शहर बजार सुनसा नबनेका छन् । तर ग्रामिण क्षेत्रमा बसोवास गर्ने कृषकहरू भने आफनो दैनिकी समान्य अवस्थामा झै निरन्तर गरिरहेका छन् । उनीहरूले कोराना भाइरसको त्रासबारे सामान्य जानकारी पाएपनि भाइरस संक्रमण कसरी हुन्छ र किन जोगिनुपर्छ भन्नेबारे चासो दिएका छैनन् ।

तर प्रायमा भाइरस आएर महामारी फैलिएलाकी भन्ने भयचाहिँ छ । ‘भाइरस आउला र महामारी फैलिहाल्लाकी भन्ने डर मात्र हो नत्र वर्षभरि पुग्ने अन्न छ, बारीमा तरकारी फलेकै छ खासै चिन्ता लिएका छैनौँ’ मोरङ कानेपोखरी गाउँपालिका निवासी कृषक यन्जिल भण्डारीले भने ।

देशका सबै साना–ठूला शहर लकडाउनले सुनसान भइररहेको समयमा मोरङका ग्रामिण क्षेत्रका किसानहरू दैनिक खेतिवारीका काममा सधैँ झैँ सामान्य रूपमा खटिरहेका छन् । ‘गाउँघरमा हामी सबै कृषकहरू आफ्नो खेतिबारीमा सक्रिय छौँ कोराना र लकडाउनको असर छैन,’ रंगेली–३ का रमेश खत्रीले बताए ।

किसानहरूलाई अहिले मकै गोड्ने, धनियाँ, मुसुरी, खेसरी उखेल्न चटारो छ । त्यसैगरी तोरीको फसल उठाएको जमिनमा मकै छर्न पनि किसानहरू व्यस्त छन् । बन्दको समयमा ग्रामिण क्षेत्रका किसानहरूले बजारमा भर नपर्नुपर्ने भएकाले पनि उनीहरू निर्धक्क आफ्नो दैनिक काममा व्यस्त हुन पाएका छन् ।

विश्वभरि महामारी फैलाएर नरसंहार गरिरहेको कोरोना भाइरस र लकडाउनबारे जानकारी पाएको तर त्रसित भने नभएको कृषक कमल बस्नेतले बताए । भने, ‘दुई छाक खानको लागि बजारै जानुपर्ने अवस्था पनि छैन र गाउँमा धेरै मानिसहरूसँग बस्नुपर्ने अवस्था पनि छैन यसैले धेरै चिन्ता गर्नु पर्दैन होला ।’

मोरङ केरावारी गाउँपालिका निवासी सामाजिक कार्यकर्ता राम कार्की शहर बजारमा लकडाउन भएपनि गाउँमा कृषकहरू समान्य रूपमा खेतीपातीमा सहभागी भइरहेको बताउँछन् ।

कोरोना भाइरसको महामारी फैलिएपछि ग्रामिण क्षेत्रका मानिसहरूले साबुन लगाएर हातखुट्टा धुने कार्यलाई चाहिँ बढावा दिएका छन् ।

Loading...