इन्टर मिलानले भोलिदेखि अभ्यास थाल्ने

एजेन्सी, ११ चैत । कोरोना भाइरसबाट इटालीमा सबैभन्दा धेरै प्रभाव परिरहेको छ ।

चीनबाट सुरु भएको उक्त भाइरसको प्रकोप चीनभन्दा धेरै इटालीमा छ ।

तर, इटालियन क्लब इन्टर मिलानले भने कोरोना प्रकोपको बीचैमा अभ्यासमा निस्कने भएको छ ।

खबरका अनुसार इन्टरले बुधबारबाट अभ्यास थाल्ने भएको छ ।

इटालियन समाचार संस्था ‘एएनएसए’का अनुसार सिरी ‘ए’ क्लब इन्टरले भोलिबाट अभ्यास थाल्ने भएको हो ।

यसअघि इन्टरका खेलाडी एवं स्टाफले दुई साता दिन क्वारेन्टाइनमा बिताएका थिए ।

युभेन्टसका खेलाडी डेनियल रुगानीलाई कोरोनाको संक्रमण देखिएपछि इन्टर क्वारेन्टाइनमा बसेको हो ।

सिरी ‘ए’ अन्तर्गत इन्टरसँगको खेलपछि रुगानीलाई कोरोनाको संक्रमण देखिएको थियो ।

युभेन्टसको मैदानमा भएको उक्त खेलपछि इन्टर क्वारेन्टाइनमा बसेको हो ।

क्वारेन्टाइनबाट निस्किएको १३ दिनपछि इन्टरले नियमित अभ्यास थाल्ने तयारी गरेको बताइएको छ ।

Loading...