‘कोरोना भाइरस’ बोलको जनचेतनामूलक गीत सार्वजनिक (भिडियोसहित)

विराटनगर, ११ चैत । विश्वव्यापी संक्रमित भइरहेको कोभिड–१९ रोकथाम, नियन्त्रण र सचेतनाका लागि सरकार र नागरिक क्षेत्रबाट पहल अघि बढेका बेला कलाकार र स्रष्टाहरू गीत, सङ्गीतका माध्यमबाट यस अभियानमा जुटेका छन् ।

यस्तैमा ‘कोरोना भाइरस’ बोलको जनचेतनामूलक गीत सार्वजनिक भएको छ ।

गोरक्ष म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक गरिएको गीतलाई मेक्समनरेश अफिसियल यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।

विश्वभर १६ हजार बढीको ज्यान लिइसकेको कोरोनाको संक्रमणबाट कसरी जोगिने र संक्रमण भइहाले कसरी उपचार गर्ने, सावधानी के–कस्ता अपनाउने भन्ने कुराको जानकारी दिन गीत तयार पारिएको जनाइएको छ ।

पत्रकार गोमा परियारको शब्द तथा गायक खाती स्वयंको संगीत रहेको गीतमा लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको स्वोर रहेको छ ।

साथै गीतमा दिपा श्री निरौला, ऋषि धमला, कोमल ओली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई फुलन्देकी आमा, राजेन्द्र नेपाली ‘लट्टे’ र ईश्वरी खातीको अभिनय रहेको छ ।

Loading...