कोरोनाबारे भ्रम फैल्याउने क्रिस्चियन धर्मगुरु पक्राउ

पोखरा, ११ चैत । कोरोना भाइरससम्बन्धी भ्रम फैलाउने क्रिस्चियन धर्मगुरु केशवराज आचार्य पक्राउ परेका छन् ।

कास्की प्रहरीले पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्ने आचार्यलाई सोमबार साँझ पक्राउ गरेको हो ।

यशुका अनुयायीलाई कोरोना भाइरसले छुनै सक्दैन भन्दै भ्रामक प्रवचन दिएका उनलाई कास्की प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

उनी प्रशस्त कटनी मण्डलीका पास्टर हुन् ।

क्रिश्चियन धर्म फैलाउने कार्यमा लामो समयदेखि संलग्न उनले कोरानाको त्रास फैलिएको बेलामा पनि भ्रामक प्रवचन दिएर धर्मकै प्रचार गरिरहेका थिए ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार अहिले उनी प्रहरी हिरासतमा छन् ।

उनलाई विपदको बेलामा अफवाह फैलाएको अभियोगमा मुद्दा चलाउने तयारी भैरहेको छ ।

Loading...