कोरोना भाइरससँग जोडिएका भ्रमहरू जुन सत्य छैनन्

कोरोना भाइरस संसारभरि फैलिँदै जाँदा मानिसहरूमा यसको त्रास बढिरहेको छ ।

सामाजिक सञ्जाल वेबसाइटहरू तथा कुरै नबुझी मानिसहरूले कोरोना भाइरसका बारेमा धेरै भ्रमहरू फैलाइरहेका छन् ।

यस्ता छन् कोरोना भाइरससँग जोडिएका भ्रमहरू जुन सत्य छैनन् :

  • कोरोना भाइरस मानिसले बनाएको हो ।
  • कोरोना भाइरस लाग्नेबित्तिकै मान्छे मर्छ ।
  • घरेलु उपचारले कोरोना भाइरसको उपचार वा रोकथाम गर्छ ।
  • कालो वर्ण भएको मान्छेलाई कोरोना लाग्दैन ।
  • बच्चा तथा युवा कोरोनाको जोखिममा छैनन् ।
  • कोरोना भाइरस हावा, मोबाइल, किबोर्ड, कागजबाट सर्दैन ।
  • गर्भवती महिलाबाट बच्चामा भाइरस सर्छ ।
  • भाइरसबाट बच्न सबैले मास्क लगाउन आवश्यक छ ।
  • माछामासु खाँदा कोरोना भाइरस सर्छ ।
  • गर्मीले भाइरसलाई मार्न सक्छ ।
  • सामान्य रुघाखोकी लाग्नेबितिकै कोरोना भाइरस लाग्छ ।
  • धामीझाक्रीले कोरोना भाइरसलाई निको पार्न सक्छन् ।
  • भीडभाडमा जाँदा कोरोना भाइरस सर्दैन ।
  • दीर्घरोगी तथा वृद्धवृद्धालाई कोरोना लाग्नेबितिकै मर्छन् ।
  • गाउँमा कोरोना भाइरस फैलिँदैन ।
Loading...