लकडाउनको अवधिमा घरमै बस्न सर्वदलीय बैठकको निर्णय

विराटनगर, ११ चैत । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमलाई मध्यनजर गर्दै लागू गरिएको लकडाउनको अवधिमा घरमै बस्न आग्रह गर्ने सर्वदलीय बैठकले निर्णय गरेको छ ।

नेकपाको पार्टी कार्यालय विराटनगरमा बसेको सर्वदलीय बैठकले संयमतपूर्वक आफू र परिवारको स्वास्थ्यलाई ध्यान दिँदै घरमै बस्न अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले सकरात्मक र सन्देशमूलक सामाग्रीमात्रै प्रसारप्रचार गर्नसमेत आग्रह गरेको छ ।

यस्तै दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामग्रीको उपलब्धताका विषयमा ध्यान दिन तीनै तहका सरकारलाई आग्रह गर्ने निर्णय भएको नेकपाका जिल्ला अध्यक्ष ऋषिकेश पोखरेलले बताए ।

बैठकमा नेकपा अध्यक्ष पोखरेल, नेपाली कांग्रेसका जिल्ला सचिव मोदराज घिमिरे, संघीय समाजवादीका जिल्ला अध्यक्ष राजकुमार यादव, राजपाका जिल्ला अध्यक्ष मोहम्मद कादिर सहभागी थिए ।

Loading...