भरतपुरमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु

चितवन, ११ चैत । भरतपुरमा आइसोलेसनमा राखिएका एक युवकको मृत्यु भएको छ ।

भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत उनको मंगलबार बिहान मृत्यु भएको कोरोना विशेष अस्पतालका संयोजक डा. भोजराज अधिकारीले जानकारी दिएका छन् ।

३० वर्षीय उनको बिहान ७ बजे मृत्यु भएको डा. अधिकारीको भनाइ छ ।

वीरगञ्जका उक्त बिरामीलाई केही दिनअघि चितवन मेडिकल कलेजबाट रिफर गरेर कोरोना विषेश अस्पतालमा पठाइएको उनले जानकारी दिए ।

उनी उच्च ज्वरो र रुघाखोकीले ग्रसित थिए । यद्यपि, उनलाई कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी रहेको छ ।

Loading...