Rumpum Advertisement
Dazzu

नेपालको प्रयोगशालाको परीक्षण विश्वसनीय छ : डब्लुएचओ

नेपालको प्रयोगशालाको परीक्षण विश्वसनीय छ  : डब्लुएचओ

विराटनगर, ११ चैत । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण विश्वसनीय रहेको बताएको छ ।

डब्लुएचओले सोमबार एक पत्र लेख्दै नेपालको प्रयोगशालाको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको बताएको हो ।

डब्लूएचओले १३ देखि २१ मार्चसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो ।

जसमा डब्लुएचओले केही सुधारको सिफारिससहित डाक्टर जोनाथन एस्क्रोफ्टले तयार पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको हो ।

जोनाथनले तयार पारेको उक्त प्रतिवेदनमा प्रयोगशालाले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको उल्लेख छ ।

यसैगरी ल्याब उपकरण र प्रयोगशालामा खटिएको जनशक्तिको प्रदर्शन राम्रो रहेको जनाएको छ । यद्यपि, प्रतिवेदनले परीक्षण क्षमता भने विस्तार गर्नुपर्ने आवश्यक रहेको सुझाएको छ ।