‘लकडाउन’मा यस्तो देखियो विराटनगर (फोटो फिचर)

विराटनगर, ११ चैत । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणको लागि सरकारले लकडाउन गरेपनि सर्वसाधारणले भने गम्भीर रूपमा लिइएका पाइएन् ।

सरकारले आज मंगलबारदेखि चैत २१ गते बिहान ६ बजेसम्मको लागि लकडाउन गरेको भएपनि विराटनगरमा सडक र फाट्फुट्ट खुलेका पसलहरूमा भीड नै रहेको छ ।

प्रशासनले कडाइ नगर्दा लकडाउनको पहिलो दिन प्रभाव नदेखिएको हो ।

अत्यावश्यक सेवाका क्षेत्र मात्रै खुला हुने भनेपनि भीड भने उस्तै रहेको छ ।

चार चक्के सवारी साधन सञ्चालनमा रोक लागेपनि मोटरसाइकललगायतका दुई चक्के सवारी साधन निर्वाध नै सञ्चालनमा रहेका छन् ।

Loading...