संक्रमण फैलिने डर, धनुषाबाट १२ कैदी रिहा

धनुषा, ११ चैत । धनुषा कारागारबाट १२ कैदी रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरस संक्रमणको जोखिमलाई नियन्त्रण गर्ने उद्धेश्यले कैदी रिहा गरिएको हो ।

कोरोना भाइरसको संक्रमण भएमा अवस्था जटिल बन्न सक्ने कारण कैदीको संख्या घटाएकोे धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । कार्कीकाअनुसार सामान्य प्रकृतिका १२ कैदीलाई रिहा गरिएको र उनिहरु सार्वजनिक मुद्दा, अभद्र व्यवहार, लागु औषध लगायत सामान्य प्रकृतिका घटनामा संलग्न भईइ हिरासतमा रहेका कैदी हुन् ।

Loading...