टर स्टेगनलाई भित्र्याउने योजनामा बायर्न

एजेन्सी, ११ चैत । स्पेनिस क्लब बार्सिलोनाका गोलरक्षक मार्क–आन्द्रे टर स्टेगनमाथि जर्मन क्लब बायर्नले नजर लगाएको छ ।

‘स्पोर्ट्स’का अनुसार बायर्नले यसै समरमा टर स्टेगन भित्र्याउने योजना बनाएको छ ।

जर्मन गोलरक्षक टर स्टेगन र बार्सिलोनाबीचको सम्झौता ३० जुन २०२२ मा सकिँदैछ ।

र, टर स्टेगन र बार्सीलोनाबीच सम्झौता नवीकरण पनि भएको छैन ।

यद्यपि, यी दुईबीच सम्झौता नवीकरण गर्ने विषयमा छलफल चलिरहेको स्पोर्ट्सले जनाएको छ ।

सम्झौता नवीकरणकै बीचमा बायर्नले स्टर स्टेगनलाई आफ्नो क्लबमा अनुबन्ध गर्ने योजना बनाएको बताइन्छ ।

बायर्नले आफ्ना गोलरक्षक म्यानुअल नेयुरको स्थानमा टर स्टेगन भित्र्याउने भएको हो ।

३३ वर्षीय नेयुर घाइते अवस्थामा छन् । नेयुरभन्दा ६ वर्ष कान्छा टर स्टेगन क्लबमा फिट रहने बायर्नको अपेक्षा छ ।

यसैले पनि बायर्नले २७ वर्षीय टर स्टेगनलाई भित्र्याउने योजना बनाएको हो । र, यसका लागि बायर्नले बार्सासँग छलफल थाल्ने तयारी गरेको बताइएको छ ।

यता, टर स्टेगनमाथि चेल्सीको पनि नजर छ ।

Loading...