च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित

एजेन्सी, ११ चैत । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिग र दास्रो ठूलो प्रतियोगिता युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित भएको छ ।

युरोपेली फुटबल महासंघ (यूईएफए)ले च्याम्पियन्स लिग र युरोपा फाइनल अनिश्चितकालका लागि स्थगन गरेको हो ।

महाकारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण यूइएफएले च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल खेल स्थगन गरेको हो ।

च्याम्पियन्स लिगको फाइनल खेल टर्कीमा खेलाउने निधो गरेको थियो ।

मे महिनामा टर्कीको इस्तानबुलस्थित एटाटुरक ओलम्पिक स्टेडियममा खेलाउने तय भएको थियो ।

च्याम्पियन्स लिग र युरोपा लिगमा अन्तिम १६ को दोस्रो लेगको खेल सञ्चालन भइरहेका थिए ।

तर, कोरोनाको कारण प्रतियोगिता स्थगित गरिएको थियो ।

Loading...