नाका निरिक्षणमा मुख्यमन्त्री

विराटनगर, १० चैत । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सीमा नाका निरिक्षण गरेका छन् ।

सोमबारबाट सरकारले अन्तराष्ट्रिय नाका बन्द गरेपछि मुख्यमन्त्री राईले नाकाहरुको अवस्थाको जानकारी लिएका हुन् ।

सोमबार नाका निरिक्षणका लागि मुख्यमन्त्री राई झापाको काकडभिट्टास्थित नाका पुगेका थिए ।

मुख्यमन्त्री राईले झापाको कलवलगुरीमा निर्माण भएको क्वारेन्टाईनको निरीक्षण पनि गरेका छन् । उनले मेची अस्पतालमा तयार गरिएको आईसोलेसन वार्डको निरीक्षण गरे ।

निरीक्षणका क्रममा मुख्यमन्त्री राईले प्रदेशवासी जनतालाई संयमता र सजकता अपनाउन आग्रह गरे ।

Loading...