कोरोना संक्रमण राेकथामका लागि उद्योगी राउतले ११ लाख सहयोग गर्ने

विराटनगर, १० चैत । विराटनगरका उद्योगी राजेन्द्र राउतले कोरोना भाइरसकाे संक्रमण राेकथामका लागि ११ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले छुट्टै काेष स्थापना गर्दैछ । प्रदेश सरकारले निर्माण गर्ने कोषमा नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष समेत रहेका राउतले ११ लाख सहयोग गर्ने भएका हुन ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसकाे संक्रमण नियन्त्रणका लागि आफ्नाे व्यक्तिगत तर्फबाट सहयोग गर्न लागेकाे राउतले बताए ।

राउतले प्रदेश १ मा रहेका २३ वटा उद्योग वार्णिज्य महासंघका साखाहरुलाई पाँच-पाँचसय वटाका मास्क र ५–५ लिटर सेनिटाइजर पनि उपलब्ध गराएका छन् ।

Loading...